आइफोन एक्सको गज्जबका फिचर्स

२०७४, १८ कार्तिक शनिबार २१:१४

बजारमा अायो ‘आइफोन एक्स’, यी हुन् गज्जबका फिचर्स

एप्पलको बहुप्रतिक्षित आइफोन एक्स शुक्रबारदेखि विश्व बजारमा आइपुगेको छ । उपभोक्ताहरु आइफोन एक्स प्राप्त गर्नका लागि घन्टौंसम्म एप्पल स्टोर बाहिर लाइन लागेका समाचार आइरहेका छन् विभिन्न देशहरुबाट ।

एप्पलको आइफोन एक्समा केही यस्ता फिचरहरु छन् जो नितान्त नयाँ हुनुका साथै प्रयोगकर्ताहरुलाई नयाँ अनुभव दिलाउने खालका छन् । आइफोन एक्सका सबैभन्दा उत्कृष्ट ६ फिचर्स यी हुन्:

फेस आइडी: आइफोन एक्समा एप्पलले होम बटन हटाएको छ । अब होम बटनको साटो फेस आइडी नामक फेसियल रिकग्निसन प्रविधि प्रयोग गरी प्रयोगकर्ताले फोन अनलक गर्न सक्नेछन् ।

एनिमोजी: एप्पलको नयाँ एनिमोजी फिचर अन्तरगत आइफोन प्रयोगकर्ताले आफ्नो मुहार अनुसारको इमोजी तयार पार्न सक्नेछन् । यो साँच्चीकै रोचक हुनेछ । यो एप्पलको मेसेज एपमा प्रि इन्स्टल्ड हुनेछ । यो फिचर यति रोचक हुनेछ की यसले आइफोन प्रयोगकर्तालाई लतमै फसाइदिनेवाला छ ।

 

फेस आइडी: आइफोन एक्समा एप्पलले होम बटन हटाएको छ । अब होम बटनको साटो फेस आइडी नामक फेसियल रिकग्निसन प्रविधि प्रयोग गरी प्रयोगकर्ताले फोन अनलक गर्न सक्नेछन् ।

उत्कृष्ट सेल्फी: आइफोन एक्समा १२ मेगापिक्सेलको डुअल मुख्य क्यामरा तथा ७ मेगापिक्सेलको सेल्फी क्यामरा हुनेछ । सेल्फी क्यामरामा पोट्रेट मोड हुनेछ, जसबाट फोटोको ब्याकग्राउण्ड ब्लर गरेर स्टुडियोमै जस्तो उत्कृष्ट सेल्फी खिच्न सकिनेछ ।

एनिमोजी: एप्पलको नयाँ एनिमोजी फिचर अन्तरगत आइफोन प्रयोगकर्ताले आफ्नो मुहार अनुसारको इमोजी तयार पार्न सक्नेछन् । यो साँच्चीकै रोचक हुनेछ । यो एप्पलको मेसेज एपमा प्रि इन्स्टल्ड हुनेछ । यो फिचर यति रोचक हुनेछ की यसले आइफोन प्रयोगकर्तालाई लतमै फसाइदिनेवाला छ ।

नयाँ धून: दुनियाका ७० करोड आइफोन प्रयोगकर्ताको आइफोनमा अहिलेसम्म बज्ने क्लासिक मारिम्बा रिङ्गटोन अब दिक्कलाग्दो बनिसक्यो । त्यसैले आइफोन एक्समा नयाँ रिङ्गटोन रहेको छ । यो रिङ्गटोनको नाम हो रेफ्लेक्सन ।

भिडियो: आइफोन एक्समा नयाँ ओएलइडी डिस्प्ले रहेको छ । आइफोनका अनुसार यो अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट ओएलइडी डिस्प्ले हो । जसका कारण आइफोनमा भिडियोहरु निकै उत्कृष्ट गुणस्तरमा देखिनेछन्, चम्किलो तथा सार्प इमेजका साथ । साथै साउण्ड क्वालिटी पनि अब्बल रहेको छ किनकी स्टेरियो स्पिकरहरु ग्लास स्क्रिनको भित्रपट्टि लुकाइएको छ ।

अग्मेन्टेड रियालिटी एप: आइफोन एक्समा एआरकिट फिचर रहेको छ । जसका कारण आइफोन एक्स अग्मेन्टेड रियालिटीयुक्त उत्कृष्ट स्मार्टफोन बनेको छ । यो फिचरका कारण प्रयोगकर्ताहरु आफ्नो आइफोनमा विभिन्न भर्चुअल रियालिटी गेमहरुको अनुभव प्राप्त गर्न सक्नेछन् ।

Comments

ताजा खबर