सर्लाही लाबन्दी नगरपालिका–३ जव्दी भैरवपुरमा दुई दलका कार्यकर्ताबीचको झडपमा दुई कार्यकर्ता घाइते भएका छन् । मंगलबार राति एमाले कार्यकर्ताले राजपाको चुनावी पोस्टर च्यातेपछि विवाद भएको हो ।
एमालेले कार्यकर्ताले राजपाको पोस्टर च्यातेपछि राजपाले पनि एमालेले टासेको पोस्टर च्यातेको थियो जसलाई लिएर आज विहान विवाद भएको थियो ।
झडपमा सर्लाही निर्वाचन क्षेत्र नम्बर १ ख का लागि राजपाका उम्मदवार रामप्रसाद चौधरीका छोरा सूर्य नारायण चौधरी र एमालेका एक कार्यकर्ता घाइते भएका छन् ।